वेबटिभी खबर
काठमाडौं । मिटर ब्याजी रामदेव साहलाई कारबाही गर्न माग गर्दै पीडितहरूले मंगलबार सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरेका छन् ।
मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा दोस्रो पटक तीन घण्टादेखि प्रदर्शन गरेको हो । गाउँबाट आएका पीडितहरूले र्याली निकालेर नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरिरहेका छन् ।
सप्तरीको खडक नगरपालिका-७ घर भई धरान बस्दै आएका साह करोडौं रकम ठगी गरि फरार छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
यसअघि मिटरब्याजी रामदेव साहलाई पक्राउ गरी कार्वाही गर्न आइतबार अदालत अगाडि प्रदर्शन गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij