Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सामुदायिक वनमा महिला मृत फेला

सामुदायिक वनमा महिला मृत फेला

  • 412
    SHARES
  • सामुदायिक वनमा महिला मृत फेला

    काठमाडौं । बर्दियाको बासगढी नगरपालिका-४ स्थित जनचेतना सामुदायिक वनमा महिलाको शव फेला परेको छ ।

    अन्दाजी २४-२५ वर्षीया गाडा, रातोको रङ साधारण फिता भएको चप्पल रातो रङको कुर्ता र हरियो रङको सुरुवाल लगाएकी महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

    महिलाको शवको परीक्षणका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij