Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पहिरोको उच्च जोखिममा तिल्केगाँउ

पहिरोको उच्च जोखिममा तिल्केगाँउ

  • 409
    SHARES
  • पहिरोको उच्च जोखिममा तिल्केगाँउ

    उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका-१० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिरोको उच्च जोखिममा परेका छन् ।

    निरन्तर वर्षाका कारण तिल्केगाउँको माथिल्लो डाँडा क्षेत्रबाट तल गाउँसम्म २०० मिटरभन्दा बढी जमिन भासिँदै गइरहेको र जमिन चिरा पर्न थालेका कारण जतिखेर जुनसुकै बेला पनि पहिरोले गाउँ लान सक्ने अवस्था आएको अर्का स्थानीय दुर्गाबहादुर थापाले बताए ।

    तिल्केका स्थानीयवासी भन्छन्, ‘गाउँभन्दा माथिबाट तलसम्म २०० मिटर जमिन फाटेर भासिँदै चिरा परिसक्यो, जतिखेर पनि आफूहरूको गाउँलाई पहिरोले बगाउन सक्छ, आफूहरू उच्च जोखिममा छौं ।’

    कटारी नपा-१० का वडाध्यक्ष क्षेत्रहादुर खड्काका अनुसार तिल्के गाउँ पहिराको उच्च जोखिममा परिसकेका कारण अहिले यसको समाधानमा सबैले सहयोग गर्नुपर्ने बताए ।

    अहिले गाउँलेहरू दिनमा गाउँघरमा रहे पनि रातिको समयमा पहिराेले गाउँ जतिखेर पनि बगाउन सक्ने भन्दै रातभरि ननिदाइ रात काट्न बाध्य हुनुपरेको स्थानीय मनकुमारी कार्की जानकारी दिइन् ।

    गाउँ नै पहिरोको उच्च जोखिममा परेपछि समयमै आफूहरूको उद्धार नभए जतिखेर पनि ज्यान र धनमाल खतरामा रहेको तिल्केवासी बताउँछन् ।

    यस विषयमा कटारी नपाका प्रमुख राजेशचन्द्र श्रेष्ठ भने, ‘तीन-चार वर्षदेखि तिल्के पहिराको जोखिममा पर्दै आएको हो, यसपटकको वर्षाले २०० मिटर क्षेत्र जमिन भासिएर चिरा परेपछि जतिखेर पनि गाउँ पहिराले लाने खतरा बढेको छ, यसका लागि के गर्न सकिन्छ भन्नेबारेमा जिल्ला प्रशासन, प्रदेश सरकारसहित संघीय सरकार गृह मन्त्रालयसहित सम्बन्धित मन्त्रालयहरूको समेत ध्यानाकर्षण गराइकेका छौं ।’

    अब तिल्केवासीलाई तत्काल अन्यत्र स्थापना गर्नका लागि सुरक्षित स्थानतिर सार्नुको विकल्प नभएको र यदि समयमा यसो गर्न नसकिए सिंगो गाउँ नै पहिरोको चपेटामा पर्ने अवस्था रहेको जनप्रतिनिधिसमेत बताउन थालेका छन् ।

    दिनानुदिन वर्षा बढ्दै जान थालेका कारण छिटोभन्दा छिटो आफूहरूको समयमै उद्धार हुनुपर्नेसमेत तिल्केवासीले माग गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij