Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हात्ती मृतअवस्थामा फेला

हात्ती मृतअवस्थामा फेला

  • 415
    SHARES
  • हात्ती मृतअवस्थामा फेला

    झापा । झापाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीमा एउटा हात्ती मृतअवस्थामा भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन्।

    डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेकाे छ । विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए ।

    हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij