Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगकोरूपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगकोरूपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

  • 287
    SHARES
  • चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगकोरूपमा विकास गर्नुपर्छ : मन्त्री कार्की

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगकोरूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    चलचित्र विकास बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगकोरूपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित ऐनरकानुन, आर्थिकलगायत संरचना तयार गरिरहेको बताउका हुन् ।

    नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रकोरूपमा विकास गर्ने मन्त्री कार्कीको थियो ।

    उनले भने, ‘चलचित्र क्षेत्रमा पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगसँगै ७७ वटै जिल्लामा चलचित्र छायांकस्थल निर्माण गर्ने तयारी भइरहेको छ, यो कार्यले छिट्टै पूर्णता पाउने छ ।’

    चलत्रिच क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ छ । उनले अबको पुस्तालाई दक्षिण एसियाकै धनी पुस्ताकोरूपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिए ।

    सञ्चार मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले नेपाली चलचित्रको अन्तर्राष्ट्रियरूपमा प्रचारप्रसार गर्ने उद्देश्य अनुरुप विदेशी चलचित्र घरमा प्रदर्शन गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।

    उनले प्रर्याप्त अध्ययन गरेर समय सुहाउँदो दर्शकको चाहाना अनुरुपको गुणस्तरी चललिच निर्माणमा ध्यान दिन अपिल गरे । बोर्डका सदस्य सचिव टंक महतले बोर्डकै पहलमा कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्रबारे समावेश गरी अहिले अध्ययन भइरहेको जानकारी दिए ।

    कार्यक्रममा ‘उत्कृष्ट कर्मचारी सम्मान-२०७७’ कार्यलय सहयोगी हरिबहादुर केशी र सहायक खरिदार सिर्जना रायमाझीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि क्रमशः १५  र २५ हजार रूपैयाँ रहेको छ ।

    त्यसैगरी २०७८ सालको उत्कृष्ट कर्मचारी पुरस्कार सहायक खरिदारद्वय रेणुमाया लामा र रञ्जन अधिकारीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि १५ र २५ हजार रूपैयाँ रहेको छ ।

    बोर्डले भुवन केसी, डा.भोला रिजाल, सानुकुमार ताम्राकार, राजाराम पौडेल, शिव ढकाल र किरणकुमार केसीलगायत ६२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्र परिचयपत्र प्रदान गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij