वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन चलखेल भइरहेको बताएका छन् ।
बिहीबार ६४औँ संसद् सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आयल निगम व्यापारिलाई दिन अर्बको चलखेल भइरहेको आफूले सुनेको बताएका हुन् ।
उनले भने, ‘फेरि पनि सुन्दै छु ।आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो । यहाँ करोडको कुरा छैन अर्बका कुरा छन् ।’ उनले कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको पनि बताएका छन् ।
उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको उनको भनाइ छ । नीतिगत भ्रष्टाचारले खेती गर्ने बेला मलको हाहाकार भएको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij