Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कर्णालीमा पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु

कर्णालीमा पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु

  • 822
    SHARES
  • कर्णालीमा पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु

    कर्णाली । कोभिड-१९ को सङ्क्रमणबाट कर्णालीमा आठजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । 

    मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका-५ सुर्खेतका ६३, वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतका ४५, वडा नं.८ का ६३, वडा नं. ११ का ५३ र १२ नं. वडाका ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिए । 

    त्यस्तै सिद्धकुमाख गाउँपालिका-२ सल्यानका ४२, मुसिकोट नगरपालिका-४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका-६ दैलेखका २७ वर्षीया महिलाको मृत्यु भएको निमित्त निर्देशक डा.खड्काले बताए । 

    मृत्यु भएका सुर्खेतका तीन व्यक्तिमा आरटी पिसीआर र बाँकी अन्य जिल्लाका पाँच जनामा एन्टिजेन पोजेटिभ देखिएको उनले जनाए । 

    निर्देशनालयका अनुसार प्रदेश अस्पतालमा चार, सल्यान जिल्ला अस्पताल, रुकुमपश्चिम र दैलख जिल्ला अस्पतालमा एक/एकको मृत्यु भएको हो । 

    कर्णालीमा एकैदिन आठजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको भने यो पहिलो घटना हो ।

    मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्था गरिरहेको बताइएको छ । 

    आज थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ ।

    कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आरटी पिसीआर परीक्षणमा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी कूल २५३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    योसँगै कर्णालीमा आरटी पिसीआर परीक्षणबाट कोरोना सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको निर्देशनालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij