Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अखिल (क्रान्तिकारी)ले तारकेश्वरमा मनायो धान दिवश

अखिल (क्रान्तिकारी)ले तारकेश्वरमा मनायो धान दिवश

  • 472
    SHARES
  • अखिल (क्रान्तिकारी)ले तारकेश्वरमा मनायो धान दिवश

    काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बुधबार काठमाडौंमा धान रोपेर धान दिवश मनाएको छ ।

    काठमाडौंको तारकेश्वरस्थित एम.डि.एस.बहुउद्धेशिय कृषि केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न स्कुल र कलेजका विद्यार्थीहरुसँगै क्रान्तिकारीले धान दिवश मनाएको हो ।

    अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुन सहितका नेता कार्यकर्ताहरुले धान रोपेर असार १५ मनाएको संगठनका नेता यादव ढुंगानाले जानकारी दिए ।

    माओवादी केन्द्र काठमाडौं निर्वाचन क्षेत्र ५ की इन्चार्ज  कल्पना शर्माले संयोजन गरेको धान दिवस कार्यक्रममा कृषि केन्द्रका संचालकहरुसहित आाधा दर्जन स्कुलका विद्यार्थी र शिक्षकहरुको समेत सहभागीता रहेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij