Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

  • 351
    SHARES
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

    काठमाडौं । तनहुँ, मोरङ र प्युठानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

    प्युठानको ऐरावती गाउँपालिका-४ धुवाङस्थित सडकमा सु.प.प्र १००२ त ५२१२ नम्बरको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३८ वर्षीया शान्ता रोका रहेकी छन् । उनको बुधबार बिहान मृत्यु भएको हो ।

    खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै तनहुँको व्यास नगरपालिका-१२ देउरालीस्थित सडकमा बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई ग ३ च ४१८२ नम्बरको बलेरोले मंगलबार ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरूमा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भएका २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा सवार मकवानपुर भिमफेदी गाउँपालिका-१ घर भएका २३ वर्षीय दिपेश गोले रहेका छन् ।

    ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवार साधन र बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मोरङको रंगेली नगरपालिका-७ माउन्टेन मकालु बोर्डिङ स्कुलको गेटमा स्कुलको को १ क ११३० नम्बरको बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुने विद्यार्थी सोही ठाउँ बस्ने महादेव मण्डलको छोरा ४ वर्षीय रितिक मण्डल रहेका छन् । उनको मंगलबार मृत्यु भएको हो ।

    बसको ठक्करबाट गम्भीर घाइते भएका रितिकको टाईम्स अस्पताल रंगेलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएकी रंगेली नगरपालिका-६ बस्ने नरेश मण्डलकी छोरी ५ वर्षीया सनम कुमारी मण्डललाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ ।

    हाल फरार रहेका बसका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij