वेबटिभी खबर
सुर्खेत । लिफ्टिङबाट अधिकांश ठाउँमा खानेपानी तथा सिंचाइ सुविधा पाएपछि रुकुम पश्चिमका सर्वसारधाण खुसी भएका छन् । जिल्लाभर बनेका दुई दर्जन खानेपानी अप-लिफ्टिङ परियोजनाकाबाट पानी उपलब्ध भएपछि स्थानीयबासी खुसी भएका हुन् ।
यहाँ हालै मात्र कालाखोला-घोर्लेगोठ-नुवाकोटडाँडा खानेपानी आयोजना लिफ्टिङमार्फत पूरा भएको छ । यो योजना निर्माणमा करिब डेढ करोड खर्च भएको छ । आयोजना निर्माणपछि पानी बोकेर दुस्ख गर्ने दिन समेत अन्त्य भएको चौरजहारी-१४ नाउलीकी रामसरी पुनले बताइन् ।
विद्युत पुगेको ठाउँमा विद्युतबाट र नपुगेको ठाउँमा सौर्य उर्जामार्फत लिफ्टिङ गरी पानी ल्याइएको छ । एक सय २० घरधुरीले घरआँगनमै पानी पाएपछि बरानेटीमा खसीयाली मनाएको कर्णबहादुर खड्काले बताए । उनले भने,‘लिफ्टिङ योजनाले धेरै राम्रो काम गरेको छ, अब घरमै पानी आयो, दुस्खी हुनुपर्ने कुरै भएन, हामीलाई खोज्दै पानी आएको जस्तो भएको छ ।’
त्रिवेणी, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा लिफ्टिङका धेरै योजना बनाइएको छ । जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशको अगुवाइमा अन्य तहको सहयोगमा अधिकांश योजना निर्माण भएका छन् । त्रिवेणी गाउँपालिकामा दोमिल्ला टोट्के, थारमारे राजकोट, कालाखोला भेरीपोखरा, सिम्तारे खोला, बल्लेजुरी, जुगेपानी, मूलपानी, कालाखोला, घोर्लेगोठ, नुवाकोटडाँडा र सानीभेरी गाउँपालिकामा विप्पेलेक र पोखरी लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेका छन् ।
मेलचौर, अध्याचौर बुकीचौर र किटकिटे-बुगेरी लिफ्ट खानेपानी निर्माण क्रममा रहेको रुकुम पश्चिमको खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयले जनाएको छ । यस्तै चौरजहारी नगरपालिकामा दहखोला-झापे, लामीरह-सुर्कीमारे योजना तयार भएको छ ।
सिस्नेरी-पातिहाल्ना, तिजुखोला-प्रियाटाकुरी र गरेधुरा लिफ्ट खानेपानी योजना, जोगीनेटाखोला-डलसिङे, ठूलाखोला-टाकुरा आयोजना, तिमितले लिफ्ट आयोजना र लिउरेबारी खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
२१ करोड ६२ लाख लागतमा ठूलीभेरी नदीबाट पानी लिफ्ट गरेर चौरजहारी उपत्यकामा पानी लिफ्ट प्रविधिमार्फत १ देखि ४ नम्बर वडाको एक हजार चार सय उपभोक्तालाई पानी पुर्याएर चौरजहारी सुक्खा खानेपानी आयोजना सम्पन्न भएको छ । चौरजहारी(३ का कृष्ण बटालाका अनुसार भेरीबाट तानिएको पानीमाथि डाँडाबाट वितरण गरिएपछि पानी बोक्ने दुस्ख दिनहरू अन्त्य भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij