Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पिपुल्स पावर प्रभावितले अनलाइनबाटै आईपीओमा आवेदन दिन सक्ने

पिपुल्स पावर प्रभावितले अनलाइनबाटै आईपीओमा आवेदन दिन सक्ने

  • 351
    SHARES
  • पिपुल्स पावर प्रभावितले अनलाइनबाटै आईपीओमा आवेदन दिन सक्ने

    काठमाडौं । प्रभु क्यापिटलले पिपुल्स पावर आयोजना प्रभावित स्थानीयहरुले पनि अनलाइनबाटै आईपीओमा आवेदन दिनसक्ने सुविधा सञ्चालनमा ल्याएको छ । ८ असारदेखि बिक्री खुला भइरहेको पिपुल्स पावरको आईपीओमा पनि अब इलामका स्थानीयले अनलाइन मार्फत नै आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ । 

    आयोजना प्रभावित स्थानीयहरूले प्रभु क्यापिटलको वेबसाइट https://ipoapply.prabhucapital.com मार्फत आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

    यसबाट हितग्राही खाता खोल्न बाँकी रहेका तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ । आवेदन गरिसकेपछि लगानीकर्ताहरुले इसेवा, खल्ती तथा प्रभु पेमार्फत अनलाइन रकम भुक्तानी गर्न सक्नेछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij