Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मन्त्री हेरफेरविरूद्ध उभिएका नेकपा एसका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

मन्त्री हेरफेरविरूद्ध उभिएका नेकपा एसका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

  • 536
    SHARES
  • मन्त्री हेरफेरविरूद्ध उभिएका नेकपा एसका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

    काठमाडौं । मन्त्री हेरफेरविरूद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० सांसद् मध्ये ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । शनिबार सांसदहरूले नेकपा एसका अध्यक्ष माधव नेपाललाई  पत्र लेखेर हस्ताक्षर फिर्ता लिएकाे जानकारी गराएका हुन् ।

    हस्ताक्षर फिर्ता लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुुर आले,धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र बिनादेवी बुढाथोकी रहेका छन् ।

    उनीहरूले पार्टी नेतृत्वले गरेका कमजोरी सच्याउने प्रतिबद्धता जनाएपछि आफूहरूले हस्ताक्षर फिर्ता लिएको बताएका छन् ।

    ‘वि.सं ०७९/३/९ का दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दलको बैठकसमेत बोलाइयोस् भनी पेश गरेको पत्रमा हामी तपशीलका सांसदकोसमेत हस्ताक्षर रहेकामा उक्त हस्ताक्षर फिर्ता लिएका छौं ।’ उनीहरूले शनिबार जारी गरेको पत्रमा भनिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij