वेबटिभी खबर
नेपालगंज । बाँकेको जमुनाह भन्सारमा तीनजना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
आज सोमबार भारतबाट नेपाल आउँदै गरेका १४४ जनाको कोभिड एन्टिजिन परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।
उनका अनुसार भारतबाट रूपैडिहा भन्सार भएर नेपाल आउँदै गरेका १४४ जनाको परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा काठमाडौं,जाजरकोट र बर्दियाका १/१ जना रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij