Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मेलम्ची क्षेत्रमा पूर्व सूचना प्रणालीको अवस्था परीक्षण

मेलम्ची क्षेत्रमा पूर्व सूचना प्रणालीको अवस्था परीक्षण

  • 397
    SHARES
  • मेलम्ची क्षेत्रमा पूर्व सूचना प्रणालीको अवस्था परीक्षण

    काठमाडौं । मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्व सूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ ।

    मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो ।

    मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले भने, ‘यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।’

    मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij