वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरूका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार व्यहोर्नु परेको जनाए ।
उनले भने, ‘हामी निराश हुनुपर्ने स्थिती छैन । अनेक प्रतिकूलताकाबीच हामीले जित्यौं । हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरु निस्कीए । हाम्रै भित्रबाट मिर्जाफर निस्के, मिरकाशिम निस्के ।’
स्थानीय चुनावको परिणामको समिक्षा गर्दै उनले एमालेको स्थिती कमजोर नभएको दाबी गरे । पाँच दलिय गठबन्धनको सरकारले चुनवामा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उनले यस्तो २०१५ सालयता कहिल्यै नदेखेको बताए ।
काम मार्फत जनताले पार्टी हेर्ने बताउँदै ओलीले अनुकूल र प्रतिकूल दुवै अवस्थामा निष्ठावान कार्यकर्ता भएर काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij