Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

साउदीमा धमाधम इन्द्रेणी रङका खेलौना जफत गरिँदै

साउदीमा धमाधम इन्द्रेणी रङका खेलौना जफत गरिँदै

  • 976
    SHARES
  • साउदीमा धमाधम इन्द्रेणी रङका खेलौना जफत गरिँदै

    काठमाडौं । समलैंगिकताविरूद्धको कदमको एक अंशको रूपमा साउदी अरेबियाका अधिकारीहरूले राजधानीका पसलहरूबाट इन्द्रेणी रङका खेलौना र कपडाहरू नियन्त्रणमा लिइरहेका छन् ।

    राज्य सञ्चालित अल-अरेविया समाचारस्टेसनको रिपोर्टअनुसार इन्द्रेणी रंगको रिबन, स्कर्ट, क्याप र पेन्सिल झोलाहरू समावेश छन् । अधिकांश साना बच्चाहरूको लागि डिजाइन गरिएको बताइएको छ ।

    अभियानमा संलग्न वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले युवा पुस्तालाई लक्षित गर्दै इस्लामिक आस्था र सार्वजनिक नैतिकताविपरीत र समलैंगिकतालाई बढावा दिने वस्तुहरूलाई हटाएका छौं । ’

    इन्द्रेणी झण्डातर्फ इशारा गर्दै एक पत्रकार भन्छन्, ‘रियादको एउटा बजारमा समलैंगिकता झण्डा छ ।’ रंगले  बच्चाहरूलाई ‘विषाक्त सन्देश’ पठाउँछ । रिपोर्टमा भनिएको छ । इस्लामिक सरिया कानुनको व्याख्याका लागि कुख्यात साउदी अरबमा समलैंगिकतालाई अपराध मानिन्छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij