वेबटिभी खबर
सांकेतिक तस्बिर
मेक्सिको । मेक्सिकोमा प्रहरी कारबाहीमा परी दशजना बन्दुकधारीको ज्यान गएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका हुन् ।
सो क्षेत्रमा सरकारी अधिकारीहरूले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरूलाई पक्राउका लागि पूर्जी लिएर गएका थिए ।
त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरूले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए । त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् ।
त्यस कारबाहीका क्रममा अरू सातजना बन्दुकधारीलाई पक्राउ गरिएको छ । पक्राउ परेकामा चार जना प्रहरीको गोली लागेर घाइते भएका पनि रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij