वेबटिभी खबर
दार्चुला । दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शैल्यशिखर नगरपालिका-६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृतावस्थामा फेला परेका हुन् ।
महाकाली लोकमार्गको गोकुलेश्वर-खलंगा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij