Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जनप्रतिनिधिको गुनासो : संघ,प्रदेश र स्थानीय पालिकाबीच समन्वय अभाव

जनप्रतिनिधिको गुनासो : संघ,प्रदेश र स्थानीय पालिकाबीच समन्वय अभाव

  • 489
    SHARES
  • जनप्रतिनिधिको गुनासो : संघ,प्रदेश र स्थानीय पालिकाबीच समन्वय अभाव

    काठमाडौं । कर्णाली प्रदेशका जनप्रतिनिधिहरूले संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरूमा गुणस्तरीय विकास हुन नसकेको बताएका छन् ।

    शुक्रबार कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धी तीन दिने अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिले उक्त बताएका हुन् ।

    कर्णाली प्रदेश सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश शुसासन केन्दको समन्वयमा सञ्चालन भएको अभिमुखीकरण कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

    कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख/उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्षहरूले स्थानीय तहका समस्या र सम्भावनाका बिषयमा प्रदेश सरकार र संघ सरकारसँग सहयोग र सहकार्यमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

    कार्यक्रममा ७९ पालिकाका १५८ जना जनप्रतिनिधिहरुको सहभागिता छ । स्थानीय तहका जनप्रतिनिधिहरूले तीन तहका सरकारबीच सहकार्य नहुँदा नागरिकले विकासको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् ।

    उनीहरुले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय अभाव हुँदा नागरिकले संघीयताको अनुभूति पनि गर्न नपाएको उल्लेख गरेका छन् । उनीहरुले संघ र प्रदेशका जिल्ला कार्यालयहरु खारेज गरेर स्थानीय तहमार्फत योजना कार्यान्वयन गर्दा मात्रै कर्णालीले विकास र समृद्धिको मार्ग तय गर्ने बताए ।

    त्यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले संघ र प्रदेश आफैले जिल्लामा बजेट कार्यान्वयन गर्न खोज्दा समस्या भइरहेको बताए । उनले, संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय कामहरु हुन नसकेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij