Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

  • 576
    SHARES
  • किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

    पाल्पा । पल्पाको रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको छ । गाउँपालिकाभित्रका ७१ जना किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको हो ।

    खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्रयाक्टर वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताइन् ।

    आधुनिक प्रविधिबाट खेती गर्न र खेतबारी खनजोतमा सुविधा हुने गरी हाते ट्रयाक्टर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले जानकारी दिए ।

    उनले भने, ‘पछिल्लो समयमा जमिन बाँझो हुने समस्या छ, आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नेछ, कृषकले जमिनको उचित प्रयोग गरी उत्पादनमा जोड दिनुपर्‍यो, यान्त्रीकरण, ज्ञान सीपका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।’

    ठूला ट्रयाक्टर भिरालो जमिनमा पुग्न समस्या हुने, खेतीयोग्य जमिन नबाँझियोस् र किसान आफैंले पनि हाते ट्रयाक्टर चलाउन सक्ने हुँदा यसप्रति कृषक आकर्षित भएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij