Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

हत्या अभियोगमा बाबुछोरा पक्राउ

हत्या अभियोगमा बाबुछोरा पक्राउ

  • 571
    SHARES
  • हत्या अभियोगमा बाबुछोरा पक्राउ

    जाजरकोट । छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । 

    छेडागाड-९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

    छेडागाड-११ भैँसीखर्कस्थित फुम्न-राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड-१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको शव गत आइतबार फेला परेको थियो ।

    अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए । 

    उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । 

    दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणको वयानमा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij