Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पोल्यान्डको पोष्टमा बेल्जियमको आधा दर्जन गोल 

पोल्यान्डको पोष्टमा बेल्जियमको आधा दर्जन गोल 

  • 384
    SHARES
  • पोल्यान्डको पोष्टमा बेल्जियमको आधा दर्जन गोल 

    काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६-१ ले पराजित गरेको छ ।

    बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे । 

    यसअघि खेलको २८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पोल्यान्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij