Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गण्डकी सरकारले सुरु गर्याे माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

गण्डकी सरकारले सुरु गर्याे माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

  • 382
    SHARES
  • गण्डकी सरकारले सुरु गर्याे माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा

    काठमाडौं । गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ ।

    माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो । योसँगै मिर्गौला रोगबाट पीडित र द्वन्द्व पीडितका परिवारका लागि पनि यो कार्यक्रम लागु गरिएको छ ।

    चालू आर्थिक वर्षमै खर्च हुने गरी नौ करोड विनियोजन गरिएको सरकारले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा निःशुल्क बिमा कार्यक्रम सुरु गरेको मन्त्री मधुमाया अधिकारीले जानकारी दिइन् ।

    यसअघि मन्त्रालयले स्वास्थ्य नीति बनाएर जनयुद्ध तथा सबै खालको राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निस्शुल्क उपचारको व्यवस्था गरिसकेको छ ।

    मन्त्री अधिकारीले भनिन्, ‘यसअघिका आन्दोलनमा भएका क्षेतिमा सकेसम्म मलम लगाउने प्रयास गरेका छौं । आगामी बजेटमा पनि छुट्टै व्यवस्थापन गर्दैछौं ।’

    उनकाअनुसार अब सीमान्तकृत र विकट भूगोलका नागरिकलाई स्वास्थ्यमा जोड्ने कार्यक्रम तय गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij