वेबटिभी खबर
पर्सा । १४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब ५ अर्ब १० करोड १६ लाख बराबरको बजेट विनियोजन गरेको छ ।
एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी वीरगञ्ज महानगरमा १ अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई २१ करोड विनियोजन भएको हो ।
जसमध्ये तीन नगरपालिकालाई १ अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई २ अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई ३५ करोड ८५ लाख रूपैयाँ विनियोजित भएको हो ।
यस्तै छिपहरमाई गाउँपालिलाई २८ करोड ३५ लाख, जगरनाथपुरलाई २८ करोड ८९ लाख, धोबिनीलाई २२ करोड १२ लाख, पटेर्वासुगौलीलाई २८ करोड ३ लाख, विन्ध्यवासिनीलाई २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई ३३ करोड ९८ लाख, ठोरीलाई ३१ करोड २६ लाख, कालिकामाईलाई २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो ।
विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई २ करोड, जगरनाथपुर गाउँपालिकालाई १ करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई २ करोड, ठोरी गाउँपालिकालाई २ करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई १ करोड विशेष अनुदान पाएको छ । यहाँको ९ स्थानीय तहले विशेष अनुदान पाएका छैनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij