Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

आलुमा किरा लागेपछि किसान चिन्तित

आलुमा किरा लागेपछि किसान चिन्तित

  • 446
    SHARES
  • आलुमा किरा लागेपछि किसान चिन्तित

    सांकेतिक तस्बिर

    काठमाडौं । लगाइएको बाली कहिले जंगली जनावरले त कहिले किराफट्याग्राले नष्ट गर्नथालेपछि डडेल्धुराका किसान चिन्तित भएका छन् । वर्षेबाली बँदेल र दुम्सीले नष्ट गर्ने गरेकामा हिउँदे बालीका रुपमा लगाइएको आलुखेती किराले नष्ट गरेको छ ।

    अमरगढी नगरपालिकाका विभिन्न क्षेत्रमा आलु बालीमा किराले नष्ट गरेकाले अहिले किसान समस्यामा परेका हुन् । किराले आलु नष्ट पारिदिएपछि उत्पादन घटेकाे छ ।

    वडानम्बर ३ हाटगाउँका विभिन्न ठाउँमा आलुमा लाग्ने किराका लार्भाले पातमा क्षति पुर्याउनका साथै फलमासमेत खोप्टा मात्रै बाँकी राखेको छ । हाल जिल्लाभरि नै आलुमा यस्तो समस्या देखिएको पीडित किसानले बिताए ।

    पाँच क्विन्टल बीउबाट ४० देखि ५० क्विन्टलसम्म आलु उत्पादन हुने यो क्षेत्रमा अहिले भने बीउ बराबरको मात्रै आलु उत्पादन भएको स्थानीय किसान शेरबहादुर थापाले बताए ।

    कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत खेमराज पनेरुका अनुसार किरालाई उपयुक्त हुने वतावरण मिलेका कारणले पनि आलु बाली नष्ट पारेको हुनसक्ने बताए ।

    किरामा विषादी सहन गर्न ससक्ने क्षमता बढेको र वातावरण पनि अनुकूलन हुँदै आएका कारण टुटा, खुम्ले, स्केल, फेद  कटुवा, रातो कमिलाको प्रकोप बढेको पाइएको उनले जानकारी दिए ।

    माटो परीक्षण गरि किरा तथा अन्य रोग निरोपणका लागि विभन्न उपाय अपनाउन सकिने भएकाले यसबारे जानकारी लिन किसानलाई अधिकृत पनेरुले आग्रह गरेका छन् ।

    आलु फल्नै लाग्दा किराले सबै सखाप पारेकाले कतिपय किसानले मेटासिट, कसैले खरानी र कसैले पसलमा पाइने अन्य औषधि खोजी गरि आलु बारीमा छर्न सुरु गरेपनि धेरै क्षेत्रफल जमिनमा सम्भव नभएको अर्का किसान ज्ञानुदेवी उप्रेतीले बताइन् ।

    उक्त नगरपालिकाका व्यावसायिक आलु खेती गरि जीविकोपार्जन गर्दै आएका किसान पनि यो पटक किराको चपेटामा परेका हुन् । आलुको बोट सबै किराले नष्ट गरेको गुनासो गर्दै कृषक उप्रेतीले किसानको प्रमुख आयस्रोतको रुपमा रहेको बालीनै जोखिममा परेको बताए । किरा

    व्यावसायिक रुपमा आलु खेती गर्ने किसानले वर्सेनि जोखिम मोल्दै आउनुपरेको छ । कुनै वर्ष खडेरी, कहिले असिनापानी र कहिले किराले आलु बाली नष्ट गर्ने गरेको उनीहरुको भनाइ छ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij