वेबटिभी खबर
सांकेतिक तस्बिर
काठमाडौं । सुख्खा पहिरालेका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरूद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij