Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

यौन दुर्व्यवहारको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत झा निलम्बित 

यौन दुर्व्यवहारको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत झा निलम्बित 

  • 393
    SHARES
  • यौन दुर्व्यवहारको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत झा निलम्बित 

    काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अधिकृत विजयकुमार झालाई निलम्बित गरेकाे छ । इन्टर्नसिपमा आएकी एक युवतीले झाले आफूमाथि यौन दुर्व्यवहार गरेको निवेदन दिएपछि झालाई निलम्बित गरिएको परिषद्ले जनाएको छ ।

    पीडितले दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरि कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का एक सदस्यले जानकारी दिए ।

    उनकाअनुसार यस विषयमा थप छानविन गर्न समिति गठनसमेत गरिएको छ । झालाई कारबाही प्रक्रियाअघि बढाईसकेको उनको भनाइ छ । २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा झालाई दुई महिना निलम्बित गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij