Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सर्लाहीका जनप्रतिनिधिले लिए पद तथा गोपनियताको शपथ

सर्लाहीका जनप्रतिनिधिले लिए पद तथा गोपनियताको शपथ

  • 927
    SHARES
  • सर्लाहीका जनप्रतिनिधिले लिए पद तथा गोपनियताको शपथ

    सर्लाही । सर्लाही जिल्लाकाे स्थानीय निकायका नवनिर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरूलाई जिल्ला समन्वय समितिको सभा हलमा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले  शपथ ग्रहण गराएका हुन् ।

    न्यायाधीश पियाले निर्वाचित जनप्रतिनिधिले सामाजिक न्यायको सिद्धान्तमा रहेर काम गर्न आग्रह गरे । उनले निर्वाचनमा मत विभाजन भएपनि जनप्रतिनिधि विभाजन नभई जनतालाई न्यायपूर्ण ढंगले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

    निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा कार्यकालको शुभकामना दिँदै जिल्ला न्यायाधीश पियाले शपथ लिएका पालिका अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउन निर्देशन दिए ।

    कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जनताको आवश्यकाताका आधारमा स्थानीय सरकार र सरकारका जनप्रतिनिधि हिँड्नुपर्ने बताउँदै पाँच वर्षे कार्यकाललाई उत्कृष्ट बनाउन सबै जनप्रतिनिधिहरू लाग्नुपर्ने बताए । 

    गौतमले स्थानीय निकायको दोस्रो निर्वाचन भएका कारण गाउँपालिका तथा नगरपालिकामा धेरै ऐन नियम र कार्यविधि निर्माण भइसकेकोले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई काम गर्न धेरै सहज हुने जानकारी दिए ।

    ११ वटा गाउँपालिका र ९ वटा नगरपालिका समेत २० वटा स्थानीय निकाय रहेको सर्लाही जिल्लामा बाग्मती नगरपालिका, गोडैता नगरपालिका, धनकौल गाउँपालिका र विष्णु गाउँपालिकामा जनप्रतिनीधिहरू दोहोरिएका छन् । 

    १६ वटा स्थानीय निकायमा नयाँ जनप्रतिधिहरू निर्वाचित भएका छन् । जसमध्ये जिल्लामा नेपाली कांगे्रसले १२ स्थानमा, नेकपा माओवादी (केन्द्र) ले ४ स्थानमा, नेकपा एमालेले १ स्थानमा र जसपा, लोसपा र अन्य केही पालिकामा मिश्रित जनप्रतिनिहरू निर्वाचित भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij