वेबटिभी खबर
बाग्लुङ । पलम (आल्चा) र ऐँंसेलु खाएका बाग्लुङको काठेखोला गाउँपालिका-५ बिहुँका पाँच बालबालिका बिरामी भएका छन् । शनिबार घर नजिकैको बारीमा पलम र ऐँंसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बाग्लुङमा उपचारका लागि भर्ना गरिएको छ ।
ऐँंसेलु र पलम खाएका बालबालिकामा झाडापखला, वान्ता लगायतका समस्या देखिएर गम्भीर बनेपछि अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
बिरामी भएका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, तीन वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको अस्पतालमा उपचार भइरहेको छ, भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।
उनीहरूले खाएकाे पलम र ऐँंसेलुले विषाक्त बनाएर बिरामी परेकाे र अहिले अवस्थामा सामान्य सुधार भइरहेको धौलागिरि अस्पतालका बालरोग विशेषज्ञ डा.कृति कँडेलले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij