वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरसले विश्वलाई आर्थिक संकटमा धकेलिदियो । सन् २०२० मा लाखौं मानिसहरूले अमेरिकामा आफ्नो जागिर गुमाए, धेरै कम्पनीहरू पनि बन्द हुने अवस्थामा पुगेका थिए, तर पनि यस अवधिमा धेरै कम्पनीहरूका सिइओको तलब र थप प्याकेजको रूपमा प्राप्त रकम भने प्रभावित भएन ।
विमान निर्माता बोइङ कम्पनीले महमारी सुरु भएपछि ३० हजार कर्मचारी कटौती गर्यो । अहिले पनि यसले करिब ९० हजार करोड रुपैयाँ घाटा व्यहोरिरहेको छ । यसका बावजुद पनि कम्पनीका सिइओ डेभिड कोल्हेनले १५८ करोड डलर पारिश्रमिक पाए । नर्वेजियन क्रूज लाइन सन् २०२० मा मुश्किलले डुब्नबाट बच्यो ।
कम्पनीले क्रूज इंडस्ट्रीजमा स्थिरताका कारण २०,००० करोडको घाटा बेहोरेको छ र २० प्रतिशत कर्मचारीलाई कामबाट हटायो । तर कम्पनीले यसका प्रमुख कार्यकारी अधिकारी फ्रान्क डेल रियोको तलबभन्दा दुई गुणा ३६ मिलियन डलर रकम प्रदान गर्यो ।
हिल्टनले पनि लगभग एक चौथाई कर्पोरेट कर्मचारीलाई महामारीपछि बिदा दियो । होटल खाली थिए, कम्पनी ८६०० करोड रुपैयाँ घाटामा थियो तर यसले आफ्नो सिइओ क्रिस नासेट्टालाई ६६९ करोड रुपैया मुआब्जा दियो । ब्लुमबर्गका अनुसार विश्वका १० धनाढ्यमध्ये ८ जना अमेरिकामा प्राविधिक कम्पनी स्थापना गरेर सन् २०२० मा अर्बौं डलर कमाएका छन् ।
यस्तै अमेजनका संस्थापक जेफ बेजाेस पनि महामारीका समयमा थप धनी हुने व्यक्ति हुन् । गुगलका लेरी पेजले सन् २०२० काे चार महिनामा २० अर्ब डलर कमाए । उनकाे सम्पत्ति अहिले १२ लाख कराेड रूपैयाँ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij