Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बालेन र स्थापितबीच ५९० को मतान्तर, कसको कति ?

बालेन र स्थापितबीच ५९० को मतान्तर, कसको कति ?

  • 559
    SHARES
  • बालेन र स्थापितबीच ५९० को मतान्तर, कसको कति ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफ्नो अग्रता कायमै राखेका छन् । उनले १५ सय ७५ मत प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी एमालेतर्फका उम्मेदवार केशव स्थापितले ९८५ मतकासाथ पछ्याइरहेका छन् । 

    त्यस्तै कांग्रेसको तर्फबाट सिर्जना सिंह ८२५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् । बालेनले स्थापितसँगको मतान्तर क्रमश बढाइरहेका छन् । अहिले यी दुई प्रतिस्पर्धीबीचको मतान्तर ५९० रहेको छ । 

    उपमेयर तर्फ भने एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोल अग्रस्थानमा छिन् । उनले अहिलेसम्म १७ सय ४३ मत ल्याएकी छिन् । नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ५१६ मतकासाथ दोस्रो स्थानमा छन् । 

    काठमाडौं महानगरमा कुल मतदाता संख्या तीन लाख २४२ रहेको छ, जसमध्ये ५२ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij