Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरूद्ध

कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरूद्ध

  • 424
    SHARES
  • कर्णालीका सात जिल्लामा शुक्रबारदेखि विद्युत् अवरूद्ध

    काठमाडौं । कर्णाली प्रदेशका सात जिल्लामा शुक्रबारदेखि  विद्युत् अवरूद्ध छ । कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरूद्ध भएको हो ।

    शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर-सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत् सेवा अवरूद्ध भएको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिममा विद्युत् सेवा अवरूद्ध भएको छ ।

    नेपाल विद्युत् प्राधिकरण सुर्खेतकाअनुसार जिल्लाभरका विभिन्न ठाउँमागरी करिब एक सय पोलहरू ढलेका जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अवरूद्ध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij