वेबटिभी खबर
धनुषा । धनुषामा छिमेकीको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ ।
त्यहाँको जनकनन्दनी गाउँपालिका-६ कठाल टोल बस्ने ७८ वर्षीय हरिप्रसाद यादवको छिमेकीले कुटपिट गर्दा शुक्रबार दिउँसो मृत्यु भएको छ ।
जग्गाको विषयमा विवाद हुँदा सोही ठाउँ बस्ने ६५ बर्षीय विनोद रान यादवसहित ४ जनाले हरिप्रसादलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
कुटपिटपछि फरार रहेका विनोदसहित ४ जनाको खोजी भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij