Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दिल्लीमा थप एक साता लकडाउन 

दिल्लीमा थप एक साता लकडाउन 

  • 1.1K
    SHARES
  • दिल्लीमा थप एक साता लकडाउन 

    नयाँ दिल्ली । कोरोना भाइरसको दोस्रो लहरको चपेटामा आएको भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउन बढाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले यसभन्दा अगाडि छ दिनका लागि २६ अप्रिलसम्म लकडाउन लागू गरेका थिए । अब मे ३ तारिखसम्म लकडाउन हुनेछ । 

    दिल्लीमा कोरोना संक्रमण दर ३६–३७ प्रतिशतसम्म पुगेको छ । दिल्लीमा कोरोना संक्रमण दर यस स्तरसम्म यसभन्दा अगाडि कहिले पुगेको थिएन । केजरीवालले दिल्लीमा ७०० टन अक्सिजनको आवश्यकता रहेकाले प्रदेशहरुलाई सहयोगका लागि चिठी पठाएको बताएका छन् । 

    त्यहाँ एकैदिन २४ हजारभन्दा बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने तीन सय ५७ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij