Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

हिमाल आरोहणका लागि ८८६ जनाले पाए अनुमति

हिमाल आरोहणका लागि ८८६ जनाले पाए अनुमति

  • 542
    SHARES
  • हिमाल आरोहणका लागि ८८६ जनाले पाए अनुमति

    फाइल तस्बीर

    काठमाडौं । यसवर्ष नेपालका २५ हिमाल आरोहण गर्नका लागि ८८६ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरूलाई अनुमति दिएको हो । विभागकाअनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । ती समूहमा ६९२ जना पुरूष र १९४ जना महिला रहेका छन् ।

    सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् । हालसम्म सगरमाथा आरोहणको लागि ३८ समूहका ३०३ जनाले अनुमति पाएका छन् ।

    विभागका अनुसार यसवर्ष लोत्से हिमाल आरोहणको लागि ११२ जना, आमादब्लम हिमाल आरोहणको लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणको लागि ६८ जना, अन्नपूर्ण फस्ट हिमाल आरोहणको लागि २६ जना, हिमलुङ्ग हिमाल आरोहणको लागि ३५ जना, धौलागिरी हिमाल आरोहणका लागि २७ जना, मकालु हिमाल आरोहणका लागि ३९ जना र नुप्त्से हिमाल आरोहणका लागि ५७ जनाले अनुमति पाएका छन् ।

    यसवर्ष १३२ जना अमेरिकी, १०५ जना बेलायती, ६३ जना बेलायती, ३४ जना क्यानेडेली, ५५ जना फ्रेन्च, २५ जना जर्मन, २९ जना अष्ट्रेलियाली, २५ जना स्पेनीस लगायतले हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।

    हिमाल आरोहणको लागि अनुमति दिंदा हालसम्म ४५ करोड ६९ हजार ९२१ रूपैयाँ राजस्व उठेको विभागले जनाएको छ । सगरमाथा आरोहणको लागि अनुमति दिंदा मात्र ३७ करोड ८० लाख ६७ हजार २५० रूपैयाँ राजस्व उठेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij