Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गगन थापाको प्रश्न - कम्युनिस्ट पार्टीको डरमा कांग्रेस कहिलेसम्म बस्ने ?

गगन थापाको प्रश्न - कम्युनिस्ट पार्टीको डरमा कांग्रेस कहिलेसम्म बस्ने ?

  • 887
    SHARES
  • गगन थापाको प्रश्न - कम्युनिस्ट पार्टीको डरमा कांग्रेस कहिलेसम्म बस्ने ?

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस कम्युनिस्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

    महामन्त्री थापाले कांग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली काँग्रेस कम्युनिस्टहरूसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताए ।

    उनले  भने, ‘यो चुनाव सकिएपछि फेरि ठूलो चुनाव आउँछ । ठूलो चुनावमा झनै तर्साउने भए । मिल्दिउँ, गइदिउँ उता, छोडिदिउँ भन्दा होइन, होइन भन्नुपर्ने भयो । फेरि मिल्ने भयौँ । फेरि मिल्दा चुनाव पनि जितौँला । चुनाव जितेको भोलिपल्ट दिने हो कि होइन भन्नान । फेरि हामी डराउने भयौँ ।’

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij