Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

म्यानचेस्टर युनाइटेडको पोस्टमा लिभरपुलको चार गोल

म्यानचेस्टर युनाइटेडको पोस्टमा लिभरपुलको चार गोल

  • 559
    SHARES
  • म्यानचेस्टर युनाइटेडको पोस्टमा लिभरपुलको चार गोल

    काठमाडौं । उपाधी होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई  ४–० अन्तरले पराजित गरेको छ ।

    घरेलु मैदान एनफिल्डमा एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर युनाइटेडलाई पछ्याउने क्रममा दुबै हाफमा दुई-दुई गोल गरेको हो ।

    टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे ।

    पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो खेलमा अनुपस्थित भए ।

    जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ । 

    हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij