Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रदेश १ मा ४ लाख बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइने

प्रदेश १ मा ४ लाख बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • 582
    SHARES
  • प्रदेश १ मा ४ लाख बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइने

    काठमाडौं । दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज प्रदेश नं १ मा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो । ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ‘ए’ औषधि खुवाउने कार्य सुरु गरिएको हो ।

    प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेशका १४ जिल्लामा ६ महिनादेखि ५ वर्षमुनिका ४ लाख ५ हजार ७५५ बालवालिकाकालाई भिटाभिन ‘ए’ औषधि र एक वर्षदेखि पाँच वर्ष मुनिका ३ लाख ६१ हजार ९४७ बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

    त्यस्तै ६ महिनादेखि २३ महिनासम्मका १ लाख ३१ हजार ६०५ बालबालिकालाई पोषक तत्व वितरण र ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई पोषण लेखाजोखा मापन गरिने उनले बताए ।

    यसैगरी मोरङ जिल्लामा ६ महिनादेखि ५ वर्षमुनिका ८४ हजार २५ बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने जनस्वास्थ्य कार्यालय मोरङका निरीक्षक अपोलो भगतले जानकारी दिए । जिल्लाका १७ पालिकामा यसलाई अभियानकै रुपमा सञ्चालन गरिने उनको भनाइ छ ।

    जिल्लामा ७५० महिला स्वयसेविकाले पालिकाका वडा–वडामा रहेका बालवालिकालाई औषधि खुवाउने उनले बताए । भिटामिन ‘ए’ खुवाउने कार्य नियमित राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रत्येक छ÷छ महिना गरिन्छ भने यस अघि गत कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij