काठमाडौं । पछिल्लो २४ घण्टामा ३२ सय १८ जनाको नमुना परीक्षण गर्दा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
यो अवधिमा १०२ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । थपिएका संक्रमितमा ३९ महिला र ७१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चारजनाकाे संक्रमणका कारणा मृत्यु भएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij