Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ट्रक दुर्घटनामा एकको मृत्यु, आठ घाइते

ट्रक दुर्घटनामा एकको मृत्यु, आठ घाइते

  • 566
    SHARES
  • ट्रक दुर्घटनामा एकको मृत्यु, आठ घाइते

    वाग्मती । मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा एकको ज्यान गएको छ भने चार गम्भीरसहित आठ घाइते भएका छन् ।

    हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही ट्रकले उछिन्दै गरेको ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार हेटौंडा-१९, गुम्बाडाँडाका ३० वर्षीय गुणसिंह वाइबाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा शरीरका विभिन्न ठाउँमा चोटपटक लागेर घाइते भएका उदयपुरका २७ वर्षीय मुकेश परियारको हाल हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । 

    आजै मकवानपुरगढी गाउँपालिकाको जीतपुर नजिक कान्ती लोकपथमा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन गम्भीरसहित सात घाइते भएका छन् ।

    आज बिहान बकैया-४ बाट जन्ती लिएर जीतपुरतर्फ जाँदै गरेको ना १ ज १७५१ नम्बरको टाटा सुमो जीप ब्रेक फेल हुँदा दुर्घटना भएको स्थानीयवासीले जनाएका छन् । 

  • सम्बन्धित विषय:

  • # मकवानपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij