वेबटिभी खबर
काठमाडौं । खेलकुद विकास परिषद् बाग्मती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ । यसअघि अध्यक्ष नियुक्त भएका श्रीभक्त कासिछ्वालाई हटाएर थापालाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।
उनलाई प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम (१)मा व्यवस्था भएबमोजिम मनोनयन गरेको परिषद्ले जनाएको छ ।
थापालाई दुई वर्षका लागि मनोनयन गरिएको परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij