Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतको झाखण्डमा केबुलकार अड्कियो, फसेका यात्रु उद्धार गर्ने प्रयास जारी  

भारतको झाखण्डमा केबुलकार अड्कियो, फसेका यात्रु उद्धार गर्ने प्रयास जारी  

  • 621
    SHARES
  • भारतको झाखण्डमा केबुलकार अड्कियो, फसेका यात्रु उद्धार गर्ने प्रयास जारी  

    नयाँ दिल्ली । भारतको झारखण्ड राज्यको देवघरमा केबलकार अड्किँदा आइतबार साँझदेखि १२ वटा ट्रलिमा रोकिएका करिब ५० यात्रुको उद्धार हुन सकेको छैन । 

    सेनाको हेलिकोप्टरबाट उद्धारको प्रयास भए साेमबार मध्याह्नसम्म पनि सफल हुन सकेको छैन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुई हजार फिटको उचाइमा अड्किएका पर्यटकलाई आइतबार रातिदेखि नै उद्धारको प्रयास थालिए पनि सफलता हात नलागेकाे हाे । 

    भारतीय एयरफोर्सको दुई वटा हेलिकोप्टर उद्धारको लागि खटिएको छ । उद्धार टोलीले तारमा अड्केर दुई हजार फिटमाथि नै केबुलकारमा रोकिएका यात्रुलाई खाना र पानी दिने प्रयास गरे पनि असफल भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

    उद्धारमा खटिएका हेलिकोप्टरलाई त्यस क्षेत्रमा तानिएका तारका कारण उद्धारमा कठिनाई भइरहेको बताइएको छ । देवघरदेखि २२ किलोमिटर टाढा त्रिकुट पहाडमा यो घटना भएको हो । रामनवमीको अवसरमा ठूलो संख्यामा पुगेका पर्यटक केबुलकार चढेर आनन्द लिइरहेको बेला घटना भएको थियो ।

    केबुलकारको तार चुँडिएर एउटा ट्रलि (डब्बा) तल झरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । घटनामा परेर दुई जनाको मृत्यु र सातजना घाइते भएको भारतीय अनलाइन पोर्टल लाइभहिन्दुस्तानले उल्लेख गरेको छ । सात जनालाई उद्धार गरिएको छ भने १२ वटा ट्रलिमा रहेका करिब ५० जना उद्धारको प्रतिक्षामा छन् । 

    देवघरका डेपुटी कमिस्नर मञ्जुनाथ भजत्रीले सबै पर्यटक सम्पर्कमै रहेको र उद्धारका लागि प्रयास भइरहेको जानकारी दिए । नेपालकाे चन्द्रागिरिमा पनि गत चैत १५ गते डेढ घण्टा केबुलकार राेकिएकाे थियाे । त्यसक्रममा ३७ यात्रु अड्किएका थिए । 

    चन्द्रागिरि केबलकारमा ३७ यात्रु थुनिएपछि... चन्द्रागिरि केबलकारमा ३७ यात्रु थुनिएपछि...

  • सम्बन्धित विषय:

  • # केबलकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij