वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय भूमि आयोग बैतडीले पुर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रीपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर (कपील)लाई मात्र नियुक्त गरेको थियो ।
अहिले सदस्यहरू नियुक्त गरेर आयोगलाई पूर्णत दिइएको छ । आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरुमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उनीहरुले पदभार ग्रहण गरेका छन् ।
आयोगका अध्यक्ष ऐरले आफू नेतृत्वको आयोगले सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij