Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मध्यभोटेकोशीले डेढ अर्बको आइपिओ जारी गर्ने 

मध्यभोटेकोशीले डेढ अर्बको आइपिओ जारी गर्ने 

  • 1.7K
    SHARES
  • मध्यभोटेकोशीले डेढ अर्बको आइपिओ जारी गर्ने 

    काठमाडौं । मध्यभोटेकोसी जलविद्युत आयोजनाले साधारण शेयर (आइपिओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक अर्ब ५० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो । 

    कम्पनीले सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ । कुल शेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ । 

    सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत शेयर दिइने कम्पनीले जानकारी दिएको छ ।

    बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । धितोपत्र बोर्डले स्वीकृति दिएको दुई महिनामा आयोजनाले आइपिओ जारी गर्नेछ । 

    सिन्धुपाल्चोकमा निर्माणाधीन यो आयोजनाको क्षमता १०२ मेगावाट छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट विद्युत बिक्री हुने अनुमान छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij