Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने

भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने

  • 569
    SHARES
  • भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने

    भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यवसायिक उडानको पर्खाइमा रहेका छ ।

    आगामी वैशाख १ नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनले भने, ‘हामी व्यवसायिक उडानको अन्तिम तयारीमा छौँ ।’ उक्त विमानस्थलमा व्यवसायिक उडान भर्न हालसम्म ११ कम्पनीले चासो देखाएका छन् ।

    बुद्व जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडो व्यावसायिक उडान भर्न निर्देशन दिएका छन् ।

    उक्त विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । फागुन पहिलो साता क्यालिब्रेसन उडान गरिएको थियो । विमानस्थलबाट उडान भर्न सरकारले हवाइसेवा कम्पनीलाई औपचारिकरूपमा आग्रह गरिसकेको छ ।

    व्यवसायिक उडानका लागि नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन् ।

    व्यवसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले हप्ताको सातै दिन उडान भर्ने प्राधिकरणले जनाएको छ । उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान भर्न अनुमति मागेको बताइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij