वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा सात हजार ५ सय ४८ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।
यस अवधिमा आठजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पिसिआर परीक्षणमा सात सय १ र एन्टिजेन परीक्षणद्वारा पाँच सय ४७ जनामा कोरोना पुष्टि भएको हो ।
यस अवधिमा २ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या सात हजार २ सय ५४ जना रहेको छ ।
हालसम्म नेपालमा २ लाख ८५ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै २ लाख ७५ हजार ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट तीन हजार ९१ जनाको मृत्यु भएको छ । कोरोना निको हुने दर ९६.४ दशमलव रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij