Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रचण्डले लिए सांसद प्रमोद साहको स्वास्थ्य अवस्थाकाे जानकारी, घटनामा संलग्नलाई कारबाहीको माग

प्रचण्डले लिए सांसद प्रमोद साहको स्वास्थ्य अवस्थाकाे जानकारी, घटनामा संलग्नलाई कारबाहीको माग

  • 3.2K
    SHARES
  • प्रचण्डले लिए सांसद प्रमोद साहको स्वास्थ्य अवस्थाकाे जानकारी, घटनामा संलग्नलाई कारबाहीको माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सांसद प्रमोद साहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय सांसद जितेका साहमाथि शनिबार उनकै निर्वाचन क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिकामा कुटपिट भएको थियो ।

    कुटपिटबाट घाइते भएका साहलाई उपचारार्थ हेलिकप्टरमा शनिबारै काठमाडौं ल्याइएको छ । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार जारी छ ।

    अध्यक्ष प्रचण्ड आइतबार अस्पताल पुगेर साहको स्वास्थ्य अवस्थाका साथै घटनाबारे जानकारी लिएका छन् । १५ मिनेट उपचाररत साहसँग कुराकानी  गरेका प्रचण्डले घटनामा संलग्न दोषी पत्ता लगाई आवश्यक कारबाही गर्नुपर्ने बताए । प्रचण्डसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ  पनि अस्पताल पुगेका थिए ।

    सांसद साहले आफूमाथि योजनाबद्ध ढंगले आक्रमण भएको बताएका छन् । पछाडिबाट अचानक धारिलो हतियारले आफूमाथि प्रहार भएको उनको भनाइ छ ।

    आफूमाथि नियोजित आक्रमण भएको घाइते सांसद साहको दाबी आफूमाथि नियोजित आक्रमण भएको घाइते सांसद साहको दाबी

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij