Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण

किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण

  • 464
    SHARES
  • किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण

    तनहुँ । बन्दिपुर गाउँपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण गरेको छ । गाँउपालिकाले २१ मिनीटिलर, २० कुटानी पिसानी, पाँच घाँस काट्ने र तीन स्टे उपकरण वितरण गरिएको हो ।

    गाउँपालिका मातहतका ६ वटा वडाका किसानलाई लक्षित गरि गाउँपालिकाको १४ लाख र किसानको १४ लाख गरी कूल २८ लाखको लागतमा उक्त सामाग्री खरिद गरेर वितरण गरिएको हो ।

    व्यक्तिगत र समूहगतरूपमा माग भई आएका सबै किसानलाई सामग्री उपलब्ध गराइएको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । ‘किसानलाई प्रोत्साहन गर्न अनुदानमा कृषि औजर उपलब्ध गराएका हौं’, उनले भने, ‘किसानलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।’

    मिनीटिलरले बाँझो जमिन जोत्ने र खेती लगाई धेरैभन्दा धेरै उत्पादन गरेर खाद्य बालीमा आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने, व्यवसायिकरूपमा पशुपालन गरेका किसानलाई थोरै समयमा धेरै घाँस काट्न सकिने र छोटो समयमा कुटानी पिसानी गर्न सकिने भएकाले त्यस्ता उपकरण वितरण गरेको बताएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij