वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ८४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।
उपत्यकाभित्र काठमाडौंमा ३ सय २६, ललितपुर ६४, भक्तपुर ४५ गरि ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
पिसिआर परीक्षणमा एक हजार १५ र एन्टिजेन परीक्षणद्वारा ८१ जनामा कोरोना पुष्टि भएको हो ।
यस अवधिमा २ सय ६२ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९० जना छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij