Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको गुनासो- सभामुखले असहयोग गरे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको गुनासो- सभामुखले असहयोग गरे

  • 961
    SHARES
  • सर्वदलीय बैठकमा प्रधानमन्त्रीको गुनासो- सभामुखले असहयोग गरे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभामा स्वस्थ भूमिका नखेलेको भन्दै गुनासो पोखेका छन् ।

    बालुवाटारमा केहीबेर अघि सकिएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसदबाट पास गराउने धरै विधेयकहरुमा काम हुन नदिई सरकारलाई सभामुखले असफल बनाउन खोजेको बताए ।

    ‘प्रधानमन्त्रीले सभामुखले सरकारलाई सहयोग नगरेको, गैरराजनीतिक ढंगबाट काम गरिरहेको भन्दै समामुखको भूमिकामाथि प्रश्न उठाउनु भयो,’ बैठकाम सहभागी नेपाली कांग्रेसका एक नेताले बताए ।

    बैठकमा उपस्थित नेताहरुले सरकार-सभामुख द्वन्द्वले संसदमा स्वस्थ वातावरण नरहने तर्क गर्दै मिलेर जानका लागि प्रधानमन्त्रीलाई सुझाव दिएको ती नेताले बताए ।

    बैठकमा अमेरिकी मिलिनयम मोडेल च्यालेन्ज कर्पोरिसन (एमसीसी) अघि बढाउनेमा सबै दल सहमत भएका छन् ।

    बैठकमा एमसीसीलाई छलफलका लागि अघि बढाउनेमा सबै दलका नेताहरु सहमत भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij